Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

टोकियो – तामाङ समुदायको मौलिक तथा साँस्कृतिक महत्व बोकेको धरोहर पर्व सोनाम ल्होछार टोकियोमा हर्षोल्लासका साथ मनाईएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल तामाङ समाज जापानको आयोजनामा भएको सो ल्होछार पर्वको अवसरमा शुभकामना मन्तब्य दिदैं प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले पवित्र ल्होछार पर्वका दिन आफु पनि तामाङ हुन पाएकोमा गर्व लागेको बताए । सो अवसरमा एनआरएनएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, काभ्रे जिल्ला पनौती नगरपालिका वार्ड ७ का वडा अध्यक्ष विपिन लामा लगायतले सोनाम ल्होछारको शुभकामना दिएका थिए भने आयोजक संस्थाका पूर्व अध्यक्षहरु कुमार मोक्तान र रबिना मोक्तानले ल्होछार पर्वको महत्व बारे प्रकाश पारेका थिए ।

समाजका अध्यक्ष करसाङ तामाङको सभापतित्वमा भएको सोनाम ल्होछारको लामा गुरुबाट पूजापाठ सहित प्रमुख अतिथि राजदूत डा. सुबेदीले दीप प्रज्वलन गरी उदघाटन गरेका थिए भने समाजका सचिव मनिता मोक्तान तामाङको स्वागत मन्तब्य रहेको थियो ।

ल्होछार कार्यक्रमका प्रमुख आकर्षण बनेकी थिईन् नेपालबाट आमन्त्रित चर्चित मोडल तथा डान्सर याङ्गी दोङ । उनलाई स्थानीय कलाकारहरुले साथ दिएका थिए । स्थानीय कलाकारहरुमा जनक थोकर, अनिल लामा, कर्म दोङ, गंगा योञ्जन, सागर पाख्रिन, तिलक लामा, प्रेमिका बल, निशान लामा, प्रकाश ग्लान तामाङ, शर्मिला तामाङ लगायतका थिए ।
नेपाल तामाङ समाज जापानको इतिहासमा नयाँ रेकर्ड कायम गर्दै यसपालीको सोनाम ल्होछारमा १ हजार २ सय भन्दा बढि जनसहभागिता रहेको अध्यक्ष करसाङ तामाङले समुद्रपारिलाई बताए ।

कलाकारहरुसंगै गीत, संगीतमा दर्शकहरु झुमेका थिए । ल्होछार कार्यक्रमको समाजका प्रवक्ता बलराम थिङ तामाङ र म्हेन्दो लामाले सञ्चालन गरेका थिए ।

सोनाम ल्होछार मनाउन टाढा- टाढाबाट पनि किशोर-किशोरीहरु तामाङ वेषभूषामा शिन्ज्युकु झरेका थिए । ल्होछार कार्यक्रममा भएको उत्साहजनक उपस्थिति र परिदृश्यलाई हेर्दा पछिल्लो समयमा ठूलो संख्याका नयाँ विद्यार्थीहरु जापान आएको अनुमान लगाउन सकिन्छ भने अर्कोतिर तामाङ समुदायबीचको एकता र आफ्नो साँस्कृतिक पर्वप्रति उनीहरुमा रहेको अगाढ मोह प्रष्टै झल्किन्थ्यो । जापानमा हजार वा हजारभन्दा बढि संख्या उपस्थिति भएको कार्यक्रम विरलै हुने गर्दछन् । यसकारण पनि उपस्थिति संख्याका हिसाबले र अन्य तैयारीका हिसाबले पनि यसपालीको सोनाम ल्होछारले ऐतिहासिक रेकर्ड कायम गर्न सफल रहेको आयोजकको दावी छ ।***

तपाईको प्रतिक्रिया