Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । चितवन जिल्ला अदालतमा मंगलबार पूरक अभियोगका रूपमा मुद्दा दर्ता गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सहकारी रकम अपचलन तथा संगठित अपराधको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना विरुद्ध अभियोग दायर भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए । अन्य आरोपितहरूमा रामबहादुर खनाल, रबिना रिमाल, बिशाल तामाङ, नविन अछामी, कबिता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।

यस पूरक अभियोगसँगै अहिले सम्म ३२ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर भइसकेको छ। अभियोग मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (१) र (२) तथा संगठित अपराध निवारण ऐन २०७० को दफा ३ (१)(२)(३) र ५ अन्तर्गत लगाइएको हो ।

यसअघि, असोज ८ गते प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बचतकर्ताहरूको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना भएको ठहर गर्दै १७ जना विरुद्ध मुद्दा दायर गरेको थियो । हालै थप १५ जना विरुद्धको पूरक अभियोग दर्ता भएसँगै मुद्दामा प्रतिवादी संख्या ३२ पुगेको हो ।

अदालतमा पेश गरिएको १०९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीसहित अन्य आरोपितहरूमाथि सहकारी ठगी तथा संगठित अपराधका कसुरमा कारबाही गर्न माग गरिएको छ । यस प्रकरणमा ३२ जनाबाट ३८ करोड ९ लाख ८९ हजार १७७ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।  सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया