Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौं – अमेरिकाले मेक्सिको र क्यानडामा लगाएको कर तत्कालका लागि रोकेको छ । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तत्कालका लागि पछि हटेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यससँगै मेक्सिकन र क्यानेडियन नेताहरूले लागूऔषध तस्करी र अवैध आप्रवासनविरुद्ध लड्न अमेरिकासँगको आफ्नो सिमानामा हजारौं प्रहरी पठाउने भएका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमा प्रस्ताव गरेको २५ प्रतिशत कर मंगलबारदेखि लागू हुने तय भएको थियो ।

यसैबीच, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट अमेरिका बाहिरिएपछि विश्वभर सञ्चालित स्वास्थ्य आपतकालीन कार्यक्रम जोखिममा परेका छन् । डब्ल्यूएचओको बैठकमा प्रस्तुत गरिएको एक दस्तावेजले अमेरिका पुनः डब्लूएचओमा सामेल नभए मध्य पूर्व, युक्रेन र सुडानमा सञ्चालित पोलियो र एचआईभी कार्यक्रम बन्द हुने सक्ने जनाइएको छ । स्वास्थ्य आपतकालीन कार्यक्रमका लागि डब्लूएचओ अमेरिकामा निर्भर देखिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया