Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर तोकिएको समयमा सम्पन्न हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । २०७८ फागुनमा सुरु गरिएको ओभरपास निर्माण परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, हालसम्म पनि काम सम्पन्न भइसकेको छैन । झनै, पछिल्लो एक महिनादेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प छ । यसको मुख्य कारण निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अघि नबढाएको हो ।

यसअघि पनि बर्खायामका कारण भन्दै चार महिनासम्म निर्माण कार्य रोकिएको थियो । बीचमा केही प्रगति भए पनि गति अपेक्षाकृत थिएन । सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार पछिल्लो एक महिनायता निर्माण व्यवसायीले कुनै गतिविधि अघि बढाएका छैनन् ।

यस परियोजनाको नेतृत्व लिएको आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कार्य मुख्यत: रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । प्रारम्भिक सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्धारित म्याद गुज्रिसकेको हुँदा दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लोपटक म्याद २०८१ पुस ९ सम्म लम्ब्याइएको थियो । उक्त अवधिभित्र पनि निर्माण कार्य पूरा नभएपछि पुस १० बाट निर्माण व्यवसायीलाई जरिवाना लगाएर काम अघि बढाइएको थियो ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि जरिवानासहित निर्माण कार्य अघि बढाइएको थियो । तर, कामको गति अपेक्षाकृत रूपमा अघि नबढेको उनको भनाइ छ । उनले निर्माण कम्पनीहरूसँग आवश्यक छलफल भइरहेको र छिट्टै निर्माण कार्य पुनः सुरु हुने आशा व्यक्त गरे ।

यता, आशिष-समानान्तर-रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले निर्माण कार्य रोक्नुको जिम्मेवारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशनलाई दिएका छन् । उनका अनुसार केन्द्रका अधिकारीहरूले पहिल्यै परीक्षण भइसकेका कामहरूलाई बारम्बार दोहोर्‍याएर जाँच गर्न लगाएर निर्माण प्रक्रियामा अवरोध पुर्‍याएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया