Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

काठमाडौँ – अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ। एडल्ट ड्रामा श्रेणीमा पर्ने यो फिल्म प्रेम, संघर्ष, हास्य र यौन मनोविज्ञानको कथामा आधारित छ।

ट्रेलरमा दयाहाङ र आँचल बीचको रोमान्स, द्वन्द्व, गहिरा संवाद तथा हास्य दृश्यहरू प्रस्तुत छन्। दयाहाङले यसपटक अघिल्ला फिल्महरू भन्दा भिन्न रूपमा एक रोमान्टिक तर पीडित पात्रको भूमिका निर्वाह गरेका छन्, जसले दर्शकहरूलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।

फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन्। अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे र कवीर काफ्का सहितका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदीप ढकाल रहेका छन्। सिनेम्याटोग्राफी आलोक शुक्लाले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठ ले गरेका छन्। ‘दुःखी आत्मा’ फागुन २ गते, अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुने तयारीमा छ। फिल्म क्लक वर्क क्रियशन को ब्यानरमा निर्माण गरिएको हो।

ट्रेलर यस्तो छ :

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया