Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबार बेलुकीदेखि लागेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। जिल्ला प्रशासन कार्यालयका अनुसार आगो निभाउने प्रयास जारी रहे पनि जटिल भूगोलका कारण समस्या भइरहेको छ। प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो नियन्त्रणका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिएको बताए। तर, भिरालो भूगोल र प्रतिकूल मौसमका कारण सुरक्षाकर्मी तथा स्थानीयको प्रयास सफल हुन सकेको छैन।

“स्थानीयसहित सुरक्षा निकायले आगो नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेका छन्। तर, आगलागी दुर्गम क्षेत्रमा भएकाले निभाउन समस्या भइरहेको छ,” आचार्यले भने। साथै, उनले आगलागी बस्तीमा फैलिने जोखिम कम भए पनि थप क्षेत्र सुरक्षित बनाउन आवश्यक कदम चालिएको बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार सुक्खायाम र हावाहुरीका कारण आगलागी नियन्त्रण गर्न कठिन भइरहेको छ। “प्रत्येक वर्ष संरक्षण क्षेत्रमा आगलागी हुने गर्छ। वनमा रहेका सुकेको काठपात तथा हावाहुरीका कारण आगो फैलँदै गएको छ,” उनले जानकारी दिए।

हालसम्म करिब डेढ हेक्टर वनजंगलमा आगलागी भइसकेको छ। जडीबुटी तथा वन्यजन्तुहरूको बासस्थान समेत जोखिममा परेको भुजेलले बताए। “डढेलोका कारण वनआलु, लौठसल्ला, जटामसी, पाँचऔंले, गुची च्याउजस्ता जडीबुटी नष्ट हुने खतरा छ,” उनले थपे। यसअघि विसं २०७७ मङ्सिर २ गते लागेको आगो दुई महिनापछि मात्र नियन्त्रणमा आएको थियो, जसले मनाङको १२०० हेक्टर वनजंगल नष्ट गरेको थियो। वर्तमान आगलागी फैलिन नदिन थप सुरक्षा उपाय अपनाइँदै छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया