Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज जापानको नारिता विमानस्थलमा सात घण्टादेखि अलपत्र परेको छ। निगमका अनुसार आरए ४३४ उडान नम्बरको उक्त जहाज काठमाडौंका लागि उड्नै लाग्दा टायर पञ्चर भएपछि उडान स्थगित भएको हो।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको ह्विलमा देखिएको प्राविधिक समस्याका कारण उडान प्रभावित भएको जानकारी दिए। “नारिता विमानस्थलमा जहाज उड्नुअघि नै समस्या देखिएको हो। प्राविधिक टोलीले जाँच गरिरहेको छ। समस्या समाधान भएपछि छिट्टै उडान हुनेछ,” पौडेलले बताए। निगम स्रोतका अनुसार जहाज मर्मतका लागि प्रयास जारी भएपनि आवश्यक अतिरिक्त टायर तत्काल उपलब्ध नभएकाले समाधान खोज्ने प्रक्रिया चलिरहेको छ। काठमाडौंबाट टायर पठाउने वा जापानमै व्यवस्थापन गर्नेबारे अझै टुंगो लाग्न बाँकी छ।

यात्रुहरूलाई विमानस्थलमै राखिएको भए पनि छिट्टै होटलमा सार्ने तयारी भइरहेको छ। जापानी समयअनुसार बिहान ९:२५ मा उड्नुपर्ने जहाज हालसम्म उड्न सकेको छैन। यस जहाजलाई काठमाडौंमा दिउँसो २:५० मा अवतरण गर्ने तालिका थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया