समाचार सुन्नुहोस :
काठमाडौँ – हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत चौथो चरणको बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ। प्यालेस्टिनी स्रोतका अनुसार, प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीहरूले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको जानकारी दिएका छन्।
रिहा गरिएका कैदीहरूमध्ये १५० जना गाजापट्टीका, ३२ जना वेस्ट बैंकका तथा १ जना इजिप्टका नागरिक रहेका छन्। पश्चिम बैंकका कैदीहरूलाई रामल्लाहस्थित ओफर जेलबाट रिहा गरिएको हो भने गाजाका कैदीहरू दक्षिणी इजरायलको केट्जियोट जेलबाट मुक्त गरिएको छ।
गाजाका कैदीहरूलाई इजरायली-नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ। यसैबीच, प्यालेस्टिनी मुक्ति सङ्गठनको कैदी मामिला आयोगका अनुसार रिहा गरिएका १८३ मध्ये सात जना कैदीलाई देशनिकाला गरिने भएको छ।