Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा मन्दिरमा केबलकार निर्माण गर्न कुनै व्यवसायीको स्वार्थका लागि अनुमति दिन नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पाथीभरा केबलकारको विषयमा आफ्नो धारणा राख्दै जनतामाथि दमन गरेर केबलकार बनाउन आवश्यक नरहेको बताए। उनले सरकारलाई आरोप लगाउँदै भने कि एक व्यापारीको फाइदा, केही नेताहरूको कमिसन र शेयर सुरक्षाका लागि जनतामाथि दमन गरी केबलकार निर्माण गर्ने प्रयास अस्वीकार्य छ।

उनका अनुसार सरकारले ताप्लेजुङमा कुनै व्यवसायी वा नेताहरूको स्वार्थ पूर्तिका लागि जनतामाथि बल प्रयोग गर्दै केबलकार निर्माणको योजना अघि बढाउनु अनुचित हो। उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकताको विषयमा गहिरो विश्लेषण गर्नुपर्ने, स्थानीय जनताको हितलाई ध्यानमा राख्नुपर्ने, मन्दिरको मौलिकता सुरक्षित राख्नुपर्ने तथा धार्मिक परम्परालाई सम्मान गर्नुपर्ने कुरामा जोड दिए।

अध्यक्ष लिङ्देनले सरकारलाई केबलकार निर्माण कार्य तत्काल रोक्न आग्रह गर्दै जनतामाथि भइरहेको प्रहरी दमन अन्त्य गर्न ध्यान दिनु आवश्यक रहेको बताए। उनले सरकार जनताको पक्षमा नउभिई व्यवसायीको व्यक्तिगत फाइदामा मात्र केन्द्रित भएमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा विरोध गर्ने चेतावनी समेत दिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया