Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडका चर्चित गायक उदितनारायण झाको एक लाइभ कन्सर्टको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। उक्त भिडियोमा उनी आफ्नो लोकप्रिय गीत ‘टिप टिप बर्षा पानी’ गाइरहेका बेला एक महिला फ्यानलाई मञ्चमै चुमेको देखिन्छ। भिडियोमा देखिएअनुसार, फ्यानले सेल्फी खिच्न बाउन्सरसँग अनुमति मागिरहेका थिए। तर उदितनारायण ती महिलाको नजिक गएर गालामा चुम्छन्। साथै, उनले अन्य दुई महिला फ्यानलाई पनि त्यही प्रकारले चुमेको देख्न सकिन्छ।

यो दृश्य सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। भिडियो कहिले खिचिएको हो भन्ने पुष्टि नभए पनि इन्टरनेट प्रयोगकर्ताहरू यसबारे विभाजित प्रतिक्रिया दिइरहेका छन्। कतिपयले यसलाई “अचानक गरिएको सौहार्दपूर्ण व्यवहार” भनेका छन् भने केहीले यसलाई अनुचित र अस्वीकार्य बताएका छन्। धेरै प्रयोगकर्ताहरूले गायकको यो व्यवहारप्रति निराशा व्यक्त गरेका छन्। केहीले उदितनारायणबाट यस्तो व्यवहारको अपेक्षा नगरिएको भन्दै असन्तोष जनाएका छन् भने अन्य केहीले यो क्रियाकलाप उनको स्टारडमको दुरुपयोग भएको बताएका छन्।

हालसम्म उदितनारायण वा उनको टिमबाट यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। रेडियो नेपालबाट आफ्नो सांगीतिक यात्रा थालेका उदितनारायणले १९८० मा फिल्म ‘उन्नी–बीस’ मार्फत प्लेब्याक सिंगरको रूपमा डेब्यु गरेका थिए। १९८८ मा ‘कयामत से कयामत तक’ फिल्मको सफलतापछि उनी बलिउडमा अझ चर्चित बनेका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया