Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – यही वर्षको भदौ महिनामा कांग्रेस नेता युवराज श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको पनि वैवाहिक जीवनमा खटपट परेको दर्शकले आशंका गरेका छन् । जब अरुणिमाले श्रीमानसँगको आफ्ना फोटोहरू सामाजिक सञ्जाल एकाउन्टबाट डिलिट गरिन्, तब उनका फ्यानहरूले उक्त आशंका गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत भदौ ३ गते अरुणिमाले नेपाली कांग्रेसका युवा नेता युवराज श्रेष्ठसँग बिहे गरेकी थिइन् । श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन्। बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । बिहेपछि अमेरिकामा रहेकी अरुणिमाले तस्बिर हटाउनुका साथै युवराजलाई अनफलो समेत गरेकी छिन् । दुवैले इन्स्टाग्राममा एकअर्कालाई फलो गरेको देखिँदैन ।

सामाजिक सञ्जालमा बिहेको फोटो हटाएपछि उनीहरुबीच सम्बन्ध बिग्रेको चर्चा चल्न थालेको छ । उनीहरूको पनि छिट्टै सम्बन्धविच्छेद हुने खबर फैलिन थालेको छ । यद्यपि, युवराजले भने बिहेको तस्बिरहरू हटाएका छैनन् । बिहेको केही समयपछि श्रीमतीसँगै अमेरिका जाने भनेका युवराज नेपालमै छन् ।

अरुणिमाको यो दोस्रो बिहे हो । यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् । पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थिइन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया