Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय बढ्दा अन्तर्राष्ट्रिय उडानमा सहजता आउने अपेक्षा गरिएको छ । धावनमार्ग विस्तारका कारण दैनिक १० घण्टा बन्द रहँदै आएको विमानस्थल अब शनिबारदेखि दैनिक केवल ८ घण्टा मात्र बन्द रहनेछ । यसले उडान संख्यामा वृद्धि भई टिकट मूल्यसमेत सस्तो हुने अपेक्षा गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अब विमानस्थल बिहान ७ बजे खुल्ने र राति ११ बजे बन्द हुनेछ । यसअघि १४ घण्टासम्म सञ्चालनमा रहेको विमानस्थलको सञ्चालन अवधि बढेर १६ घण्टा पुग्दा करिब १२ प्रतिशत उडान थपिने अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बिहानको समयमा आन्तरिक उडानहरू बढी हुने हुँदा सात बजे खुल्दा थप १५ वटा आन्तरिक उडान व्यवस्थित गर्न सकिनेछ । बेलुका अन्तर्राष्ट्रिय उडानको चाप उच्च हुने हुँदा राति ११ बजेसम्म विमानस्थल सञ्चालन हुँदा थप पाँचवटा उडान र पाँचवटा अवतरण गरेर कुल १० वटा उडानको सुविधा दिन सकिनेछ ।

सञ्चालन अवधि थपिएसँगै विमानस्थलमा उडान समयका कारण रोकिएको केही उडान कार्यक्रम अब सहज रूपमा पूरा गर्न सकिने प्राधिकरणले जनाएको छ । यसअघि विभिन्न वायुसेवा कम्पनीहरूले थप उडानको माग गरे तापनि समय अभावका कारण अनुमति दिन नसकिएको भए पनि अब भने नयाँ कार्यतालिकाअनुसार ती मागहरू पूरा गर्न सकिनेछ ।

उडान सङ्ख्या बढेपछि अन्तर्राष्ट्रिय हवाई भाडामा समेत गिरावट आउने अपेक्षा गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रतिस्पर्धात्मक भाडा प्रणालीका कारण उडान संख्या बढेसँगै हवाई भाडा स्वतः घट्नेछ । थपलियाका अनुसार, गत नोभेम्बर महिनामा काठमाडौं-दिल्ली एकतर्फी हवाई भाडा ५० हजार रुपैयाँसम्म पुगेको थियो, जुन अबको साता दुईतर्फी नै ३२ हजार रुपैयाँमा पाइने सम्भावना छ । यसका साथै दुबई लगायतका अन्य गन्तव्यहरूको भाडा पनि घट्ने अपेक्षा गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया