Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण २२, २०८१
Thursday, March 6, 2025

टोकियो – जापानमा बेरोजगारी दर घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । जापानको औसत बेरोजगारी दर २०२४ मा अघिल्लो वर्षको तुलनामा ० दशमलव १ प्रतिशत अंकले घटेर २ दशमलव ५ प्रतिशतमा आएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तथ्यांकअनुसार गत वर्षको औसत रोजगारी उपलब्धता अनुपात ० दशमलव ०६ अंकले घटेर १ दशमलव २५ मा झरेको छ । रोजगारी उपलब्धता अनुपातले प्रत्येक १०० काम खोज्ने व्यक्तिका लागि १२५ रोजगारी अवसर रहेको संकेत गरेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । यो अनुपात कोरोना महामारीअघि २०१९ मा रहेको १ दशमलव ६० भन्दा अझै कम हो ।

श्रमिक अभावका कारण कम व्यक्तिहरू जागिरबाट हटाइएका हुँदा यस्तो देखिएको बताइएको छ । ‘रोजगारी अवस्था बलियो रहेको छ,’ श्रम मन्त्री ताकामारो फुकुओकाले एक पत्रकार सम्मेलनमा भने, ‘मध्यम गतिमा पुनरुत्थान भैरहेको छ ।’

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार औसत बेरोजगारी दर २०१९ यताको सबैभन्दा न्यून दर हो । २०१९ मा यो दर २ दशमलव ४ प्रतिशत थियो । बेरोजगार व्यक्तिको संख्या २० हजारले घटेर १ दशमलव ७६ मिलियनमा झरेको छ, जुन लगातार तेस्रो वर्ष गिरावट भएको हो । त्यस्तै, रोजगारीमा संलग्न व्यक्तिको संख्या ३ लाख ४० हजारले वृद्धि भई ६७ दशमलव८१ मिलियन पुगेको छ, जुन लगातार चौथो वर्ष वृद्धिको संकेत हो । न रोजगारीमा संलग्न न त जागिर खोजिरहेका व्यक्तिहरूको संख्या ५ लाख ३० हजारले घटेर ४० दशमलव ३१ मिलियन पुगेको छ, जुन लगातार चौथो वर्ष गिरावट भएको हो ।

कामविहीन व्यक्तिहरूमध्ये, रोजगारदाताबाट हटाइएका व्यक्तिको संख्या ३० हजारले घटेर २ लाख २० हजार मा झरेको छ, जबकि स्वेच्छाले जागिर छाड्ने व्यक्तिहरूको संख्या ७ लाख ५० हजारमा स्थिर छ । मन्त्रालयका अधिकारीका अनुसार, जागिरबाट हटाइएका धेरै श्रमिकहरू चाँडै नयाँ रोजगारी पाएको संकेत यसले दिन्छ ।

डिसेम्बर महिनामा बेरोजगारी दर ० दशमलव १ प्रतिशत अंकले घटेर २ दशमलव ४ प्रतिशतमा झरेको छ, जुन तीन महिनापछि पहिलो सुधार हो । उद्योगगत रूपमा हेर्दा, डिसेम्बर महिनामा सूचना तथा सञ्चार क्षेत्रमा नयाँ रोजगारी ९ दशमलव ३ प्रतिशतले बढेको थियो । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा पनि ५ दशमलव २ प्रतिशत वृद्धि भएको थियो । तर, जीवनशैली तथा मनोरञ्जन क्षेत्रमा नयाँ रोजगारी अवसर ८ दशमलव ६ प्रतिशतले घटेको थियो भने निर्माण क्षेत्रमा ७ दशमलव ६ प्रतिशतले कमी आएको थियो ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया