काठमाडौँ – साउदी अरबको जिजान नजिक भएको सडक दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्। सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ। मृतकका परिवारलाई जानकारी गराइसकिएको र उनीहरूको शव स्वदेश पठाउने प्रक्रिया भइरहेको दूतावासका अधिकारी सुवास यादवले बताए।
यो दुर्घटनामा नौ भारतीय नागरिक र तीन घानाका नागरिकको पनि ज्यान गएको भारतीय वाणिज्य दूतावासले जनाएको छ। साउदी प्रेस एजेन्सीका अनुसार दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन्। जिजानको दक्षिणी बन्दरगाह क्षेत्र नजिकै कार्यस्थलतर्फ गइरहेको बस एक ट्रेलरसँग ठोक्किँदा दुर्घटना भएको हो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।