Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण २१, २०८१
Wednesday, March 5, 2025

काठमाडौं – शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच चर्को बहस चल्यो । अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कदमप्रति विपक्षी दलले आपत्ति जनाए भने सत्तापक्षले यसको बचाउ गर्दै आवश्यकताअनुसार ल्याइएको स्पष्ट पारे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अघिल्लो बजेट अधिवेशन सकिएपछि सरकारले छ वटा अध्यादेश जारी गरेको थियो, जसमा पाँच अध्यादेश हिउँदे अधिवेशन आह्वान हुनु केही दिनअघि मात्र ल्याइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दै आर्थिक सुधार, सुशासन प्रवर्द्धन, भूमि तथा वन व्यवस्थापन र वित्तीय उत्तरदायित्व सुधार गर्नका लागि विभिन्न २९ ऐनमा संशोधन गरिएको बताए ।

ओलीले कानुन निर्माणको ढिलाइलाई ध्यानमा राख्दै अध्यादेश जारी गरिएको तर्क गरे । उनले संसद् प्रक्रियाबाट कानुन पारित गर्न महिनौं लाग्ने भएकाले राष्ट्रिय अपेक्षालाई पूरा गर्न अध्यादेश आवश्यक रहेको बताए । साथै, उनले सरकारका विधेयकहरू समयमै पारित नभए कानुन निर्माणका लागि वैकल्पिक व्यवस्था खोज्ने चेतावनीसमेत दिए ।

सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यादेशलाई आर्थिक सुधारका लागि आवश्यक भएको बताएका छन् । उनले व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र सुशासन प्रवर्द्धनका लागि अध्यादेश ल्याइएको बताए ।

तर, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारलाई संसद्को महत्व कम गर्दै अध्यादेश अधिवेशन बनाएको आरोप लगाए । उनले अध्यादेश विधेयक निर्माणको नियमित प्रक्रिया बन्न नहुने भन्दै सरकारको कदमको आलोचना गरे । एमाले सचिव योगेश भट्टराईले भने अघिल्लो सरकारहरूले पनि अध्यादेशको प्रयोग गरिसकेको हुँदा यसको विरोध गर्नुको औचित्य नभएको तर्क राखे ।

रास्वपा सांसद स्वर्णिम वाग्लेले अध्यादेशलाई कानुनी प्रक्रियाको अपवाद मात्र मान्नुपर्ने बताए । उनले विधेयक संसद्मा प्रस्तुत गर्न केही दिन कुर्न सकिने अवस्था रहेको भन्दै अध्यादेश विधि निर्माणको नियमित अभ्यास बन्न नहुने धारणा राखे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया