Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ परेका व्यक्तिहरूमा दुई भारतीय नागरिक समेत रहेको जनाएको छ। पक्राउ पर्नेहरूमा कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन्। साथै, भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमारलाई समेत नियन्त्रणमा लिइएको छ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पक्राउ परेका व्यक्तिहरू कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरू हुन्। जसले करिब डेढ वर्षदेखि ठगी गर्दै आएका थिए। डिजिटल फरेन्सिक अनुसन्धानबाट हालसम्म उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रमाण भेटिएको छ। अनुसन्धानका क्रममा उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफ्नो खातामा पहुँच जमाएर ठगी गर्ने गरेको खुलेको छ।

उनीहरूले पीडितहरूलाई बैंक तथा वालेट कम्पनीको प्रतिनिधि बनेर फोन गर्ने, सिस्टम अपडेटका बहानामा ओटीपी (OTP) सङ्कलन गर्ने र त्यसको प्रयोग गरी खाताबाट रकम निकास गर्ने गर्थे। साथै, सामाजिक सञ्जालमा अनलाइन रोजगारीको प्रचार गर्दै व्यक्तिहरूलाई जालमा पार्ने र उनीहरूको बैंक खाताबाट कारोबार सञ्चालन गर्ने गरेका थिए। प्रहरीले उनीहरूविरुद्ध संगठित ठगी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया