काठमाडौं – माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताएका छन् । प्रमुख सचेतक पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै भुटानी शरणार्थीलगायत अन्य प्रकरण छानबिन अघि बढ्न नसकेको बताएका हुन् ।
‘सरकार बाढी पहिरोको बेला असफल भएको छ । शान्ति प्रक्रियाका बाँकाम काम अघि बढाउन आयोग बनेका छैनन् । बेपत्ता परिवारको पीडा अनदेखा गरेको हो ? शान्ति प्रक्रिायका काम अघि बढाउन आग्रह गर्खछु,’ उनले भने ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपाउने बताए पनि भुटानी शरणार्थीलगायतका काण्डले भने गिज्याइरहेको प्रमुख सचेतक पाण्डेको भनाइ छ । ‘प्रधानमन्त्रीले आफू भष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने सकारात्मक छ । तर भुटानी शरणार्थीलगायत जति काण्ड भइरहेका छन् । तिनीहरुले गिज्याइरहेका छन्,’ उनले भने, ‘सुशासनका मामिलामा सरकार जसरी जानुपर्ने हो, जान सकिरहेको छ ।’
सरकारले सत्तापक्ष र प्रतिपक्षलाई काखापाखा गर्ने काम गरिरहेको पनि पाण्डेले बताए । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका कुरा नसुनेकामा पनि पाण्डेले दुःख व्यक्त गरे ।