Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। सत्ता पक्ष ६ वटा अध्यादेश पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी दलहरूले तिनको विरोध गरिरहेका छन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ। प्रमुख सचेतक हितराज पाण्डेका अनुसार, सरकारले अध्यादेश ल्याउने प्रक्रिया नै गलत भएको निष्कर्ष निकालिएको छ। सत्तारुढ दल नेकपा एमाले भने प्रतिपक्षीको विरोधलाई बेवास्ता गर्दै अघि बढ्ने देखिन्छ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले माओवादी केन्द्रलाई पूर्वाग्रही ढङ्गले सरकारको विरोध गरेको आरोप लगाए। अध्यादेश संविधानबमोजिम ल्याइएको र प्रतिपक्षीले बहुमत जुटाएर फिर्ता गराउन सक्ने चुनौतीसमेत दिए। यस्तै, सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे पनि बैठकमा छलफल भएको छ । विपक्षीले विरोधको तयारी गरिहँदा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने टसमस नहुने देखिएको छ । नेपाली काङ्ग्रेसलगायत सबै सत्तारुढ दलको साथ पाएपछि एमाले हौसिएको हो ।

यसअघि अध्यादेशको पक्षमा वकालत गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले विशेषगरी प्रमुख माओवादी केन्द्रले पूर्वाग्रही ढङ्गले सरकारको विरोध गरिरहेको आरोप लगाए । अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबाट हटेको पीडा अहिले माओवादी केन्द्रले पोखिरहेको उनले टिप्पणी गरे । सरकारले संविधान बमोजिम नै अध्यादेश ल्याएकाले यसको विरोधको कुनै तुक नभएको उनले स्पष्ट पारे ।

आजको संसद् बैठकमा सबै अध्यादेश पेस गरिनेछ र २२ गते तिनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ। प्रतिपक्षीको विरोधबीच सत्ता पक्ष दृढ भएको हुनाले संसद् अधिवेशन थप तनावग्रस्त हुने सङ्केत देखिएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया