Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०८, २०८१
Thursday, February 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश केन्द्रित राजनीतिक दलहरूबीच मोर्चा निर्माण गर्ने उद्देश्यले सिंहदरबारमा बैठक सुरू भएको छ। संविधान संशोधनको बहस अघि बढेसँगै यी दलहरू मोर्चा गठनका लागि सक्रिय भएका हुन्।

राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले मधेशका मुद्दामा साझा धारणा बनाउँदै एकजुट हुन आठ दलहरूको बैठक आयोजित भएको जानकारी दिएका छन्। मोर्चा निर्माणका लागि सहमति जुटाउन र आवश्यक संरचना तयार गर्न दलहरूले कार्यदल गठन गरेका छन्।

यसअघि, माघ १ गते पनि मधेश केन्द्रित दलहरूको बैठक बसेको थियो। बिहीबारको बैठकमा जसपाकी रेणु यादव, जनमत पार्टीका शरदसिंह यादव, जसपा नेपालका राजकिशोर यादव, रामकुमार शर्मा र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीका लालबिर चौधरी, गंगा चौधरी, लोसपाका सवेन्द्रनाथ शुक्ल, लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सब्बिर हुसैन तथा तमलोपाका वृषेशचन्द्र लाल र डा. विजयकुमार सिंह सहभागी भएका छन्।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया