Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं –  काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आजदेखि त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्सबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुँदैछ। नेपालको महिला टोली पहिलो पटक नेदरल्याण्ड्ससँग भिड्न लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा नेदरल्याण्ड्स १६औँ, नेपाल २०औँ र श्रृङ्खलाको तेस्रो टोली थाइल्याण्ड १३औँ स्थानमा छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस श्रृङ्खलाका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। नेपाली टोलीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन्।

यस्तै, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि उपाधि जित्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए।

कप्तान बर्माले आफ्नो टोली राम्रो तयारीका साथ मैदान उत्रन लागेको बताउँदै ट्रफी जित्ने लक्ष्य रहेको उल्लेख गरिन्। श्रृङ्खला माघ २५ गतेसम्म सञ्चालन हुनेछ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया