Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६ सय ८६ मत ल्याई विजयी भएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनका निकटतम प्रतिद्वन्दी हेमन्त राईलाई ६ सत १५ मत खसेको थियो । अर्का उम्मेदवार उपदेशकुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत ल्याएका छन् ।

महासचिवमा रोशन थापा मगर विजयी भएका छन् । उपाध्यक्षहरूमा अटल आचार्य, मदन भट्टराई, दीपा जैसी, विराज थापा, ममता अधिकारी, अभिमन्यु यादव, कृष्ण सुनार, सन्दीप पुन र उमेश कँडेल विजयी भएका छन् ।

कोषाध्यक्षमा फूलमाया राना मगर विजयी भएकी छन् । महासचिव र कोषाध्यक्षमा निर्वाचित उम्मेदवार पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका हुन् ।

उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की विजयी भएका छन् । सचिवहरूमा प्रेम जैसी, वीरेन्द्र जीसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आले मगर, समकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छोहाङ मावो विजयी भएका छन् ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लगाएर यस पटक नेतृत्व छानेको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया