Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १७, २०८१
Thursday, January 30, 2025

काठमाडौं – चिनियाँ कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोट ‘डीपसीक’ एपल प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि जागा हुने घण्टी भनेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यही ज्यानुअरीमा केही हप्ताअघि अमेरिकामा सार्वजनिक भएको यो एपले अमेरिकी प्रविधि कम्पनीहरूको शेअर बजारमा भारी गिरावटको कारण बनेको छ। यो एपको अचानक बढेको लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको न्यून लागतका कारण अमेरिकी अर्थतन्त्रमा चिन्ता पैदा हुन पुगेको छ ।

सिलिकन भ्यालीका मार्क एन्ड्रीसनले डीपसीकलाई एआईमा सबैभन्दा गज्जबको र प्रभावशाली प्रगति भनेका छन् । यो एआई एप विकास गर्ने कम्पनीका अनुसार डीपसीकका पछिल्ला एआई मोड्युलहरूबाट यो क्षेत्रमा अग्रणी मानिएका अमेरिकी कम्पनीहरूले निर्माण गरेका च्याट जीपीटी जत्तिकै प्रभावकारी सुविधा निकै कम खर्चमा नै लिन सकिन्छ ।

यो एप विकासमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यसको विकासका लागि जम्मा ६० लाख अमेरिकी डलर मात्रै खर्च भएको थियो । यो रकम अमेरिकी एआई कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरको तुलनामा निकै कम हो ।

डीपसीक के हो ?
डीपसीक चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ ‘आर्टिफिशल इन्टेलिजेन्स’ कम्पनी हो । यो कम्पनी सन् २०२३को जुलाईमा घोषणा भएको थियो ।

तर यसको लोकप्रिय एआई एसिस्टेन्ट एप अमेरिकामा १० ज्यानुअरीसम्म सार्वजनिक नगरिएको ‘सेन्सर टावर’ले जनाएको छ  । लियाङ वेनफङले आफैले सञ्चालन गरेको ‘हेज फन्ड’ अर्थात् मानिसहरूले लगानीका लागि जम्मा गरिदिएको पैसाको समेत प्रयोग गरेर डीपसीक स्थापना गरेका थिए । इन्फरमेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० वर्ने लियाङले हाल चीन निर्यातमा प्रतिबन्ध लागेको एनभिडिआ ए१०० चिप्सहरूको एउटा भण्डार नै बनाएको बताइएको छ । –बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया