काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं उपत्यकाभित्र पहिलो पटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेको छ। यो सेवा वडा नं १२ बलम्बुबाट औपचारिक रूपमा सुरुआत भएको हो।
सेवा सञ्चालनका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नगरपालिकाले १५ वटै वडाका सचिव तथा कार्यपालिका सदस्यलाई आवश्यक तालिम दिएको थियो।
सोमबार नगरप्रमुख घनश्याम गिरी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि-१२ बलम्बुका अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस हस्तान्तरण गरी सेवाको थालनी गरे। गृह मन्त्रालयका अनुसार हालसम्म देशभरका २८ जिल्लाका दुई हजार वडामा यो सेवा सुरु भइसकेको छ। यो सेवा २०८० सालमा नवलपरासीको गैँडाकोटबाट सुरु गरिएको थियो।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।