Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

काठमाडौं – सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अहिलेका र अबका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउन सक्ने दाबी गरेका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले अझ प्रभावकारी रूपमा देश चलाउन सक्ने विश्वास व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आफूले प्रधानमन्त्री पद सम्हालेमा अहिलेको नेतृत्वभन्दा राम्रो परिणाम दिन सक्ने दृढता व्यक्त गर्दै यसै विश्वासका कारण संसदीय दलको नेताका लागि पहल गरेको बताएका छन् । थापाले भने, ‘आजकै प्रधानमन्त्रीको स्थानमा म नियुक्त भए पनि अहिलेभन्दा राम्रो काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वास छ। यही विश्वासका साथ म जिम्मेवारी लिन तयार भएको हुँ । यो दशक अब फेरि खेर फाल्नु हुँदैन, हामीले भविष्यका लागि सकारात्मक परिवर्तन गर्नैपर्छ ।’

महामन्त्री थापाले नेपाली नागरिकको समृद्धि अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै, अबको नेपालले आफ्ना नागरिकलाई आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने आधार दिनुपर्ने बताए । उनले नेपाल पहिलाको तुलनामा धेरै विकसित भए पनि आत्मनिर्भर अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधारको मुद्दा अझै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेपाली नागरिकका लागि समृद्धिको मार्ग खुलाउन र युवाहरूलाई जिम्मेवारी दिने काममा कांग्रेसले नेतृत्व गर्नुपर्ने धारणा राखे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया