Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सांकेतिक विरोधप्रति असन्तुष्टि देखाएको टिप्पणी गरेका छन्। संघीय सरकारले धरानवासीको खानेपानी समस्या समाधान गर्न कुनै सहयोग नगरेको गुनासो गर्दै, साम्पाङ काठमाडौं रित्तो गाग्री बोकेर आइपुगेका थिए।

तर सिंहदरबारमा प्रवेश गर्न लाग्दा प्रहरीले उनलाई रोकेको थियो र गाग्री जफत गरेको थियो। त्यसक्रममा साम्पाङले खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी धरानको खानेपानी समस्याबारे आफ्नो भनाइ राखे। प्रधानमन्त्रीसँग भेट गर्न प्रयास गरे पनि उनी सफल भएनन्। आफूले रित्तो गाग्री लिएर आएको थाहा पाएकाले प्रधानमन्त्री रिसाएको हुनसक्ने साम्पाङ बताउँछन्।

‘प्रधानमन्त्री रिसाउनु भयो । ग्रागी लिएर आएकाले । आश्वासन धेरै भयो । अब एक्सनमा जाऔं भन्ने हो । म चाहीँ एक्सन ओरिएन्टेड मान्छे हो । एक्सनमात्रैले हुँदैन, रिजल्ट आउनु पर्छ । रिजल्टमात्रै आएर हुँदैन, त्यो जनतालाई अनुभूत हुनुपर्छ,’– उनले भने ।

उनले हाल धरानमा खानेपानी समस्या नरहेको भन्दै श्रमदानबाट ल्याएको पानीले जनतालाई पुगिरहेको बताए। आफू मेयरको जिम्मेवारीबाट हट्दै गर्दा पनि ५० वर्षका लागि खानेपानीको समस्या नहोस् भन्ने सोचसहित संघीय सरकारसँग योजना प्रस्ताव गरेको उनले जोड दिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया