Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बझाङ जिल्लामा १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउने तयारी गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। १० देखि १४ वर्षका किशोरीलाई लक्षित गर्दै खोप विद्यालयमै पुगेर लगाइनेछ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीका अनुसार १२ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूसँग समन्वय गरी यो अभियान सञ्चालन हुनेछ। विद्यालय जाने किशोरीलाई कक्षा ६ देखि १० सम्म समेटेर र विद्यालय नजानेलाई उमेरको आधारमा खोप उपलब्ध गराइनेछ।

साइपाल गाउँपालिकामा १९४ जना, बुङ्गल नगरपालिकामा २,०५८ जना, जयपृथ्वी नगरपालिकामा १,३०६ जना, सुर्मामा ५७७ जना, तलकोटमा ८२५ जना, मष्टामा ९११ जना, छविसपाथिभेरामा ७५९ जना, दुर्गाथलीमा ७६१ जना, केदारस्यूँमा १,६६९ जना, वित्थडचिरमा १,२५२ जना, थलारामा ८५३ जना र खप्तडछान्नामा ८७१ जना किशोरीलाई खोप लगाइने योजना छ।

अभियानका लागि २९१ स्वास्थ्यकर्मी र ४३४ जना स्वयंसेवकसहित ६५१ जनाको टोली परिचालन गरिनेछ। यस क्रममा जिल्लाभरका ११,८३५ जना विद्यालय जाने र २९१ जना विद्यालय नजाने किशोरीलाई खोप दिइनेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया