Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेश सरकारले प्रदेशभित्र मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढाएको छ। सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाका अनुसार प्रदेश सरकारले यी भाषाको प्रयोगलाई कानुनी मान्यता दिन आवश्यक विधेयक तयार पारेको छ। सो विधेयकमा आधारित रही प्रदेशका विभिन्न जिल्लामा पुगेर सुझाव सङ्कलन भइरहेको छ।

आइतबार दमौलीमा आयोजित एक कार्यक्रममा मन्त्रालयले यी भाषालाई सरकारी कामकाजका लागि मान्यता दिन सुझाव सङ्कलन गरेको थियो। मन्त्री थापाले मगर र गुरुङ भाषाको संरक्षण, संवर्द्धन तथा विकास गर्दै सरकारी कामकाजलाई सरल बनाउन र जनतालाई सहज सेवा उपलब्ध गराउन यो पहल गरिएको बताए।

भाषा आयोगले मगर र गुरुङ भाषालाई प्रदेशस्तरीय सरकारी कामकाजको भाषा बन्न योग्य ठहर गर्दै सिफारिस गरेको छ। गत साउन २२ गतेको निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले विधेयक मस्यौदा बनाउन सैद्धान्तिक सहमति पाएको छ र आगामी हिउँदे अधिवेशनमा यो संसद्मा पेश गर्ने योजना छ।

गण्डकी प्रदेशमा मगर समुदायको जनसंख्या १८.८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ। जसले यी समुदायहरूलाई प्रदेशका प्रमुख जातीय समूहहरूको सूचीमा दोस्रो र चौथो स्थानमा राख्छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया