समाचार सुन्नुहोस :
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आयोजना गरेको विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा रास्वपाका डीपी अर्याल, एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी भएका छन्।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेतले बैठकमा उपस्थिति जनाएका छन्। बैठकमा सहभागी नेताहरूले सरकारविरुद्धको रणनीति तय गर्नेबारे छलफल गरिरहेका छन्।
यसै दिन, दिउँसो २ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्ने तय भएको छ। त्यसैगरी, अपराह्न ४ बजे माओवादी केन्द्रले आफ्ना पदाधिकारीहरूको अलग बैठक पनि आह्वान गरेको छ।