समाचार सुन्नुहोस :
काठमाडौँ – दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई महाअभियोगको आरोपमा पक्राउ गरिएको छ। अदालतले गिरफ्तारी वारेन्टको अवधि थप गरेपछि अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि महिनाको सुरुमा भएको पक्राउ प्रयास असफल भएको थियो।
योनमाथि डिसेम्बर महिनामा सैन्य शासन लागू गर्न प्रयास गरेपछि राज्य द्रोहको गम्भीर आरोप लागेको छ। यसअघि, योनका सुरक्षा निकायका उपप्रमुख किम सुन होङ पनि यस्तै अभियोगमा पक्राउ परेका थिए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले विगतमा योनलाई पक्राउ हुनबाट जोगाए पनि यसपटक कठोर सुरक्षा प्रयासहरु सफल हुन सकेनन्। पिएसएसले राष्ट्रपतिको सुरक्षा निरन्तर कडा राखे पनि अन्ततः अनुसन्धानकर्ताले उनलाई नियन्त्रणमा सफल भएका छन्।
सोलमा यो घटनाप्रति चासो र उत्सुकताले मानिसहरूको भीड आकर्षित गरेको छ। दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि यसले सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन।