Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले एमाले परित्याग गरेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पारेका छन्। ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन,’ उनले लेखेका छन्।

आफ्नो बयानमा उनले देश र समाजको हितका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। खनालले थप लेखेका छन्, “राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ। म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु”। खनाल नेपाल प्रहरीका २६औं प्रहरी महानिरीक्षक हुन्। आफ्नो प्रहरी सेवापछि उनले २०७९ असोज ६ गते एमालेमा प्रवेश गरेका थिए। च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई स्वागत गरेका थिए।

अघिल्लो प्रतिनिधिसभा चुनावमा काठमाडौं-६ बाट रास्वपाका शिशिर खनालसँग पराजित भएका उनी तनहुँ-१ उपनिर्वाचनमा पनि रास्वपाकै स्वर्णिम वाग्लेसँग हारेका थिए। त्यसपछि उनी एमालेभित्र निष्क्रियजस्तै बनेका थिए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया