Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राख्दै चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत परियोजना प्रस्ताव अघि बढाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा नीति अनुसन्धान संस्थाले आयोजना गरेको “नेपालमा बीआरआई परियोजनाको कार्यान्वयन सम्भावना” विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री खनालले बीआरआई नेपालको हितमा हुने धारणा व्यक्त गरेका हुन्। उनले बीआरआईले विश्वव्यापी रूपमा महत्व पाएको र आवश्यकताका आधारमा परियोजनाहरू कार्यान्वयन गर्न सकिने बताए।

उनको भनाइमा, “ऋण लिन हुँदैन भन्ने धारणा पुराना हुन्। आवश्यकतालाई प्राथमिकता दिँदै परियोजनाहरू अघि बढाउनुपर्छ।” साथै, बीआरआईका विषयमा नेपाली जनताले थप गहिरो बुझाइ बनाउन आवश्यक रहेको उनको भनाइ छ।

दुई छिमेकी राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिंदै खनालले बीआरआईलाई विवादको विषय बनाउन नहुने सुझाव पनि दिए। उनले विश्वको करिब ७५ प्रतिशत जनसंख्या यस परियोजनामा आबद्ध भएको र तीन हजारभन्दा बढी परियोजनाका लागि सम्झौता भइसकेको तथ्य प्रस्तुत गर्दै बीआरआईलाई विश्व विकासको लागि महत्त्वपूर्ण भनेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया