काठमाडौं – काठमाडौंको सेतोपुलमा एक किशोरी सामूहिक बलात्कारको सिकार बनेकी छन् । एक १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा दैलेखको नारायण नगरपालिका-६ घर भएर काठमाडौँ महानगरपालिका-३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा पक्राउ परेका हुन् ।
पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनीहरू शनिबार दिउँसो पक्राउ परेका हुन् ।
घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् । पक्राउ परेकामाथि अनुसन्धान सुर गरिएको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.