Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा सरकारी वकिल कार्यालय, कास्कीले थप १९ जनाविरुद्ध नयाँ अभियोग दर्ता गरेको छ। कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहितका केही व्यक्तिविरुद्ध भने पूरक मुद्दा आइतबार दर्ता गरिने जानकारी दिएको छ।

सरकारी वकिल कार्यालयले यसअघि अदालतमा दर्ता भएका मुद्दाहरूका साथ-साथै जीबी राईसहित १९ जनामाथि थप अभियोग प्रस्तुत गरेको हो। जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार, थप अभियोगमा ४० करोड २० लाखभन्दा बढी बिगो माग गरिएको छ, जसले गर्दा सूर्यदर्शन सहकारी प्रकरणमा कुल बिगो रकम १ अर्ब ५१ करोड नाघेको छ।

जीबी राईसहित दावी गरिएका अन्य अभियुक्तहरूमा सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जीबी), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, तथा सञ्चालक र लेखा समितिका थुप्रै अधिकारीहरू छन्। थप मुद्दा दर्तामा सहकारी ऐन, संगठित अपराध ऐन, सम्पत्ति शुद्धीकरण ऐन र राष्ट्र बैंक ऐनका विभिन्न प्रावधानहरूको उल्लंघनको आरोप लगाइएको छ। हिरासतमा रहेका रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं र कृष्ण गुरुङको मुद्दा भने पूरक अभियोगका रूपमा आइतबार दर्ता गरिनेछ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया