Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। शुक्रबार, बन्दी प्रत्यक्षीकरणसम्बन्धी दोस्रो रिटको सुनुवाइपछि न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश जारी गरेको हो।

यसअघि सर्वोच्चले प्रसाईंलाई अदालतमा हाजिर गराउने निर्देशन दिएको थियो। उक्त आदेशअनुसार उनलाई शुक्रबार सर्वोच्चमा उपस्थित गराइएको थियो। प्रसाईंले साइबर अपराधसम्बन्धी मुद्दामा धरौटी तिरेर छुटे पनि प्रहरीले अनावश्यक दुःख दिने मनसायले फेरि पक्राउ गरेको गुनासो गर्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए। यस सन्दर्भमा सर्वोच्चले उनको पक्षमा फैसला गर्दै रिहाइको आदेश दिएको हो।

प्रसाईंलाई गत मंसिर ४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोप लागेको थियो। अदालतले पहिले नै उक्त मुद्दामा ४० हजार धरौटीमा रिहा गर्न आदेश दिए पनि व्यापारीलाई धम्क्याएको आरोपमा जारी भएको अर्को पक्राउ पुर्जीका आधारमा उनलाई पुन: गिरफ्तार गरिएको थियो। क्यान्सरपीडित समेत रहेका प्रसाईं अब सर्वोच्चको आदेशपछि रिहा हुने निश्चित भएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया