Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले निकट भविष्यमा सरकार फेरबदल नहुने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्र को विमोचन समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले मन्त्रीपरिषद् पुनर्गठनको चर्चा निराधार भएको बताए।

“मन्त्रिमण्डल फेरबदलको चर्चा छ। गृहमन्त्रीमा गगन थापा नियुक्त हुँदैछन् भन्ने हल्ला पनि छ। तर अहिले कुनै फेरबदल हुनेवाला छैन,” थापाले स्पष्ट पारे। थापाले वर्तमान सरकार चल्न त राम्रोसँग चलिरहेको भए पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकार गरे। “सरकार सञ्चालनमा त ठिकै छ। तर, जुन स्तरको अपेक्षा राखिएको छ, त्यसअनुसार डेलिभरी भने हुन सकेको छैन,” उनले भने।

थापाले प्रधानमन्त्रीको भूमिकाप्रति विश्वास प्रकट गर्दै भने, “प्रधानमन्त्री स्वयं सरकारका कमीकमजोरीबारे सजग हुनुहुन्छ। तर, सरकारलाई अझ प्रभावकारी र तीव्र गतिमा डेलिभरी गर्न आवश्यक छ।” उनका अनुसार, जनताको अपेक्षा पुरा गर्न सरकारले आफ्नो कार्यक्षमता बढाउनुपर्ने जरुरी छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया