Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अनुपस्थित रहने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको भन्दै आएको गुनासोका आधारमा आवश्यक कदम चाल्ने स्पष्ट पारेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्लो स्वास्थ्य १११५’ मा प्राप्त गुनासोहरूप्रति गम्भीर ध्यान दिँदै, सेवामा अटेर गर्ने चिकित्सकविरुद्ध कडा कदम चाल्न निर्देशन दिएका छन्। मन्त्रीले कार्यालय समयमा विद्युतीय हाजिरी अनिवार्य गर्न र लगबुक राखेर मात्र बाहिर जाने व्यवस्था लागू गर्न मातहतका निकायलाई सुझाएका छन्।

गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले सबै सरकारी स्वास्थ्य संस्थाहरूसँग पत्राचार गर्दै कार्यालय समयमा चिकित्सकहरूले कार्यकक्षमै रहेर सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएको छ। पत्रमा, कार्यसम्पादन प्रक्रिया नियमित अनुगमन गरिने र सेवामा लापरवाही गर्नेलाई कारबाही गरिने उल्लेख छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बारम्बार गुनासो आएपछि निगरानीलाई कडा बनाइएको जानकारी दिए। उनले ‘कार्यालय समयमा सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीहरूको कर्तव्य हो’ भन्दै, दोषी फेला परे कारबाही गर्न कुनै सम्झौता नहुने बताए। मन्त्रालयले गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन नागरिकलाई ‘हेल्लो स्वास्थ्य’ प्रयोग गर्न आग्रह गरेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया