Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – जबर्जस्ती करणी र आत्महत्याका सबैभन्दा धेरै घटना कोशी प्रदेशमा भएको नेपाल प्रहरीको अध्ययनले देखाएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा भएका घटनामा कोशी अगाडि देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साउनदेखि कात्तिकसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या र जबर्जस्ती करणीका घटना दर्ता भएको प्रहरी प्रवक्ता विश्व अधिकारीले बताए । देशभर साउनदेखि कात्तिकसम्म ८२३ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् । यसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा १९५ वटा जबर्जस्ती करणीका घटना भएका छन् ।

मधेश प्रदेशमा ८८, बागमती प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा १४४, कर्णाली प्रदेशमा ६० र सुदूरपश्चिममा ६६ वटा घटना दर्ता भएका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा ६५ वटा घटना भएका छन्। काठमाडौं उपत्यकामा मात्रै १२४ घटना भएको प्रहरीको तथ्यांक छ । यसैगरी, सबैभन्दा धेरै आत्महत्याका घटना पनि कोशी प्रदेशमै भएको देखिएको छ । साउनदेखि कात्तिकसम्म कोशी प्रदेशमा ४८३ वटा आत्महत्याका घटना भएका छन् ।

मधेश प्रदेशमा ३९२, बागमतीमा २८६, गण्डकीमा २०३, लुम्बिनीमा ४३३, कर्णालीमा १०४ र सुदूरपश्चिममा १७४ घटना भएका छन् । त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै १६१ वटा घटना भएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया