Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – डडेल्धुराका ३२ वर्षीय विष्णु प्रसाद माली, जो पेशाले सवारी सहचालक थिए, कञ्चनपुरकी ३१ वर्षीया युवतीसँग फेसबुकमार्फत परिचित भए । ती युवती पेशाले अमिन थिइन् । सुरुवाती कुराकानी प्रेममा परिणत भयो । मालीले आफू अविवाहित भएको भन्दै विवाहसम्मको आश्वासन दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, यो प्रेमकथा साँचो होइन नक्कली थियो । घटनाक्रम कञ्चनपुर प्रहरीसम्म पुगेपछि रहस्य खुल्दै गयो । मालीले युवतीलाई आफू अविवाहित मात्र नभएर इन्जिनियर भएको र अमेरिकाको भिजा लागेको पनि भने । विवाहको लागि युवती र उनको परिवारलाई फकाउन मालीले नक्कली बुवा-आमा खडा गरे । ती अभिभावकले पनि मालीका सबै झूटलाई समर्थन गरे ।

२२ गते कञ्चनपुरको महेन्द्रनगरस्थित चेतन होटेलमा गुपचुप विवाह भयो । विवाहका क्रममा मालीले आफ्नो ‘काकाको स्वास्थ्य गम्भीर’ भन्दै विवाह सीमित व्यक्तिको उपस्थितिमा गर्न दबाब दिए ।

विवाहको तेस्रो दिन मालीले दोस्रो श्रीमतीलाई डडेल्धुरातर्फ लैजाँदै गर्दा सामाजिक सञ्जाल टिकटकले घटनालाई नयाँ मोड दियो । टिकटकमा विवाहका तस्बिर र भिडियो देखेपछि मालीकी पहिलो श्रीमतीले आफ्नो श्रीमानले दोस्रो विवाह गरेको थाहा पाइन् । उनले त्यही टिकटकमार्फत आफू मालीकी पहिलो श्रीमती भएको खुलासा गरिन् ।

पहिलो श्रीमतीको खुलासापछि युवती र उनको परिवार चकित भए । उनीहरूले घटनाबारे प्रहरीलाई खबर गरे । २५ गते मालीलाई बुडरबाट पक्राउ गरियो । अनुसन्धानले मालीले नक्कली अभिभावकको सहारामा बहुविवाह गरेको पुष्टि गर्‍यो ।

मालीलाई सहयोग गर्ने बेदकोट नगरपालिकाका जनकबहादुर धामीले ‘यो केटो मेरो सालो हो, निकै राम्रो मान्छे हो’ भन्दै युवतीको परिवारलाई फकाएका थिए । उनलाई पनि पक्राउ गरिएको छ । प्रहरीले घटनामा संलग्न नक्कली अभिभावकलाई खोजी गरिरहेको छ ।

सवारी सहचालक मालीले इन्जिनियर भएको झूटो परिचय दिएर युवतीलाई फसाएका थिए । पछिल्लो समय यस्ता घटनाहरू विदेश जाने लोभमा युवतीहरू ठगिने क्रमसँगै बढिरहेका छन् । सामाजिक सञ्जालमा अपरिचितहरूसँग सम्बन्ध अघि बढाउँदा सावधानी अपनाउनु जरुरी छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया