Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा पेस गरिएको छ। साइबर अपराध सम्बन्धी धरौटीमा रिहा भए पनि पुनः पक्राउ गरी दुख दिएको भन्दै दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइका लागि उनलाई सर्वोच्चमा उपस्थित गराइएको हो।

यसअघि दर्ता गरिएको पहिलो बन्दी प्रत्यक्षीकरण निवेदन खारेज भएपछि प्रसाईँले फेरि निवेदन पेश गरेका थिए। उनले आफूलाई नियतवश एकपछि अर्को मुद्दामा तानिएको आरोप लगाएका छन्। प्रसाईँका अनुसार साइबर अपराधमा धरौटीमा रिहा भएपछि पनि प्रहरीले पुनः पक्राउ गरेर अदालतमा पेस गरेको छ।
सर्वोच्च अदालतले शुक्रबारको सुनुवाइपछि उनीमाथिको अनुसन्धान कानुनसम्मत देखिएमा निवेदन खारेज गर्ने र गैरकानुनी ठहरिएमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।

प्रसाईँमाथि साइबर अपराधका साथै सार्वजनिक अपराध, किर्ते, र सम्पत्ति शुद्धीकरणका विषयमा पनि अनुसन्धान भइरहेको छ। यस्तै, उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको भन्दै प्रहरीद्वारा जिल्ला अदालतमा मुद्दा पनि दायर गरिएको छ। प्रसाईँले आफ्नो स्वास्थ्य अवस्था (क्यान्सरको बिरामी) को जिकिर गर्दै पुनः पक्राउले नियोजित दुःख दिने नियत प्रकट गरेको बताएका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया