Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – प्रहरी हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर यतिखेर भाइरल बनेको छ । उनको तस्बिर सार्वजनिक भएपछि रास्वपा सर्मथकहरुले हिरासतमा लामिछानेलाई कष्ट दिएको भन्दै सरकारको आलोचना गरिरहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यही मेसोमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले भने आफ्नो श्रीमान रेशम चौधरीको प्रहरी नियन्त्रणमा रहेका बेला अस्पतालको शय्याको तस्बिर समाजिक संजालमार्फत सेयर गर्दै अहिलेको कारागारमा धेरै सुविधा रहेको टिप्पणी गरेकी छिन् ।

टिकापुर घटनामा दोषी ठहर भएपछि चौधरी सांसद रहेकै बेला पक्राउ परेर कारागार चलान भएका थिए, जहाँ उनका खुट्टामा फलामको शिक्री बाँधिएको देखिन्छ। उनले त्यसतर्फ इंगित गर्दै आफ्ना श्रीमानमाथि विभेद भएको महसुस गरेको बताएकी छिन् ।

‘उहाँ (रेशम चौधरी) यसरी बस्नु हुन्थयो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा,’ उनले लेखेकी छिन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाहीँ विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरीक उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया