Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा केही व्यक्तिहरू खुशी हुने प्रवृत्ति देखिएको बताएका छन्। शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा उनले लोडसेडिङबारे फैलाइएका हल्लाहरू प्रति असन्तुष्टि व्यक्त गरे।

घिसिङले हाल मुलुकमा लोडसेडिङ नभएको तर माथिल्लो तामाकोशी र कालीगण्डकी जलविद्युत् आयोजनामा आएको प्राविधिक समस्या तथा मर्मतका कारण केही घण्टाको लागि विद्युत आपूर्ति प्रभावित भएको बताए। यी आयोजनाहरू पुनः सञ्चालनमा आएपछि समस्या समाधान हुने उनको स्पष्टोक्ति छ।

पिक समयमा विद्युत माग व्यवस्थापन गर्न उद्योगहरूलाई दुई–तीन घण्टाका लागि उत्पादन रोक्न अनुरोध गरिएको तर यो कुरालाई लोडसेडिङको रूपमा बुझाइएको उनको भनाइ छ। उनले सिमेन्टको मूल्य एक हप्तामै १०० रुपैयाँले वृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै यसलाई गलत रूपमा प्रस्तुत गरिएको बताए।

घिसिङले १० दिनभित्र माथिल्लो तामाकोशी र छिट्टै कालीगण्डकी आयोजना सञ्चालनमा आउने जनाउँदै यो अवस्था अस्थायी मात्र भएको बताए। साथै, उनले सरकारसँग पर्याप्त बजेटको अभाव रहेको र उपलब्ध स्रोतले प्राथमिकता अनुसार आयोजना अघि बढाउनुपर्नेमा जोड दिए। उद्योगहरूलाई लोडसेडिङको पुरानो समयमा बचत गरिएको रकमको बारेमा समेत पुनर्विचार गर्नुपर्ने बताएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया