Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – कास्कीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला प्रहरी कार्यालयले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो, जसमा लामिछाने र गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसहित अन्य व्यक्तिहरूविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

अदालतले प्रतिवेदनको अध्ययनका लागि पुस १ गतेदेखि चार दिनको म्याद थपेको थियो, जुन आज, शुक्रबार मध्यराति १२ बजेपछि सकिँदै छ । शनिबार सार्वजनिक बिदा भएकाले मुद्दा दर्ता गर्न आजै वा आइतबारको दिनमा तयारी गरिएको छ । कास्की प्रहरीले रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

संसदीय छानबिन विशेष समितिले लामिछानेको संलग्नतासहित गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न सहकारी संस्थाहरूको रकम अपचलन गरेको रिपोर्ट तयार गरेको थियो । यसमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र अन्य संस्थाहरूका रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरिएको आरोप छ ।

संसदीय रिपोर्टपछि, छविलाल जोशीलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो, र कात्तिक २ गते रवि लामिछानेलाई पक्राउ गरिएको थियो । यस क्रममा उनीहरूको बयान बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा पनि लिइएको थियो । संगठित अपराधको मुद्दामा ९० दिनभित्र मुद्दा अदालतमा पेश गर्नुपर्ने प्रक्रिया अनुसार, रवि लामिछानेका लागि म्याद थपेर मुद्दा दर्ता गर्ने तयारी छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया