एनपीएलमा आज दोस्रो क्वालिफायर खेल, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेल आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटको हार बेहोरेपछि जनकपुर दोस्रो क्वालिफायरमा पुगेको हो। कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ। प्लेअफमा तेस्रो स्थानमा रहेको कर्णालीले चितवनलाई हराएको थियो। जसले चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिँदा १५ लाख रुपैयाँ जितेको छ।
एनपीएलको च्याम्पियन टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार जित्नेछ। जबकि उपविजेताले ५१ लाख पाउनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।