Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाका अभिव्यक्तिमाथि गरिएको ‘ट्रोल’का विषयमा प्रतिक्रिया जनाएका छन् । उनले गगनकोे नाम उल्लेख नगरी मिथ्या सूचनाबाट मत परिवर्तन गर्न सकिन्छ भन्ने भ्रम उपनिर्वाचनले चिरिदिएको उल्लेख गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरेका महामन्त्री शर्माले उत्तेजनाको राजनीतिले पनि सधैँ परिणाम नदिने सन्देश गएको बताएका छन् । ‘उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउन र सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टीपंक्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ ।’

उनले उपनिर्वाचनमा सामाजिक सञ्जालमार्फत सक्रिय भूमिका निभाउने युवापंक्तिलाई धन्यवाद दिएका छन् । चुनावी दौड सकिएको भन्दै उनले जनप्रतिनिधिलाई आफ्नै भूमिकामा सक्रिय रहन आग्रह गरेका छन् ।

उनले चुनावी आग्रह र पूर्वग्रहबाट मुक्त भएर काम गर्न पनि जनप्रतिनिधिलाई सुझाव दिएका छन् । ‘चुनावी दौड सकिएको छ, अब सबै तितामिठा भुलेर काममा जुटौँ । सबै विजयीलाई आग्रह-पूर्वाग्रहमुक्त भएर जनताको सच्चा प्रतिनिधिका रूपमा कार्य गर्न शुभकामना,’ शर्माले भनेका छन्, ‘निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी, समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीलगायत सबैप्रति नेपाली कांग्रेस सम्मान प्रकट गर्दछ ।’

यही मंसिर १३ गते कीर्तिपुरमा चुनावीसभाका क्रममा थापाले दिएको अभिव्यक्तिमाथि ट्रोल गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया