समाचार सुन्नुहोस :
काठमाडौँ – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। शुक्रबार प्रतितोला १,६०० रुपैयाँले बढेको सुनको मूल्य आइतबार भने ४०० रुपैयाँले घटेर प्रतितोला १,५०,५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १,५०,९०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि घट्दै आज प्रतितोला १,८४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १,८४५ रुपैयाँमा कारोबार भएको थियो। जसअनुसार आइतबार चाँदीको मूल्यमा ५ रुपैयाँको गिरावट आएको हो।