Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग अनुदानमा आधारित परियोजनाहरू अगाडि बढाउने पक्षमा छलफल भएको जानकारी गराएकी छन् । चीन भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र चीनबीचको समझदारीलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको चीन भ्रमणमा उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको विषयमा समेत छलफल भएको बताइन् । नेपालले २०१७ मै बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै मन्त्री राणाले यसको कार्यान्वयन नेपाल र चीनबीचको आपसी सहमति र नेपालभित्रको राजनीतिक सहमतिको आधारमा मात्रै हुने बताइन् ।

उनका अनुसार, नेपाली काँग्रेसले यस परियोजनालाई अनुदानमा अगाडि बढाउनुपर्ने औपचारिक निर्णय गरिसकेको छ, जसबारे सत्ता साझेदार नेकपा एमालेलाई पनि जानकारी छ । ‘चीनसँग यसै सन्दर्भमा गहन छलफल भइरहेको छ,’ उनले भनिन् ।

चीन भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटिन्। सो अवसरमा दुई देशबीचको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, र आर्थिक साझेदारीका विषयमा गहन छलफल भएको उनले बताइन् । मन्त्री राणाका अनुसार, वार्तामा नेपालको विकास प्रयासमा चीनको सहकार्यका सम्भावनाहरूमा केन्द्रित भएर विचार आदानप्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया