Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय आपराधिक समूहको नाम दुरुपयोग गर्दै व्यवसायीलाई धम्क्याउने आरोपमा झापाका एक व्यक्ति पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–१३, चारआलीका ३६ वर्षीय हरिचन्द्र फुयाललाई प्रहरीले विभिन्न व्यक्तिलाई भारतीय नम्बरबाट धम्कीपूर्ण फोन र मेसेज पठाएको आरोपमा नियन्त्रणमा लिएको हो।

प्रहरीले फुयाललाई व्यवसायीहरूलाई त्रसित बनाएर आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा पक्राउ गरेको जनाएको छ। उनले आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको सदस्य भएको दाबी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माफी माग्न दबाब दिन्थे। उनले माग पूरा नगरे ज्यान लिने धम्की समेत दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

फुयालले भारतीय आपराधिक समूहको नाम प्रयोग गर्ने काम मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा गरेको बयान दिएका छन्। यस घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

तपाईको प्रतिक्रिया