Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउन्डको मूल्य ३० वर्षको उच्च मूल्यस्तर पार गर्दै ३२०.१० अमेरिकी सेन्टसम्म पुगेको हो ।

ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिलेसम्मकै उच्च ३३७.५० अमेरिकी सेन्ट थियो । विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको छ । यसले सन् २०२५/२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि मूल्यमा वृद्धि भएको हो ।

नेदरल्यान्डस्थित राबो बैंकका वरिष्ठ विश्लेषक गुइल्हर्मे मोरियाका अनुसार अक्टोबरमा आएको वर्षाले बालीनालीलाई फाइदा पुर्‍याए पनि कफीको मूल्य वृद्धि हुने बताइएको छ । विश्लेषकहरूका अनुसार ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फडानीमा युरोपेली युनियनको नियमनजस्ता भूराजनीतिक कारकले पनि मूल्य वृद्धिलाई बढवा दिएको छ ।

लन्डनमा सूचिकृत रोबस्टाको मूल्य प्रतिटन पाँच हजार २०० अमेरिकी डलर हाराहारीमा रहेकोमा सेप्टेम्बर मध्यमा पाँच हजार ८२९ अमेरिकी डलर पुगेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया