Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान दिइरहेका छन् । पोखराबाट बिहीबार काठमाडौँ ल्याइएका लामिछानेको बयान शुक्रबार बिहानबाट सुरु भएको हो ।

बयानका क्रममा लामिछानेकी पत्नी निकिता पौडेल पनि कार्यालय परिसरमा उपस्थित भएकी छन् । कात्तिक २ गते पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थिए । बिहीबार बेलुकी उनलाई थप अनुसन्धान र बयानका लागि काठमाडौँ ल्याइएको हो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया