Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल र चीनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको औपचारिक घोषणा गरेका छन्। शुक्रबार, नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै भ्रमणको मिति र विवरण सार्वजनिक गरेका हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ देखि २१ (डिसेम्बर २ देखि ५) सम्म चीनको औपचारिक भ्रमणमा जानेछन्। भ्रमणका क्रममा ओलीले मंसिर १८ मा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय वार्ता हुनेछ।

यसबाहेक, ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ। उनले पेकिङ विश्वविद्यालयमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जारी गरेको विज्ञप्तिमा ओलीको भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया